Connect with us

राजनीति

रौतहटमा बागमती नदीको दोहनमाथि स्थलगत निरीक्षण, जेसिवी नियन्त्रणमा

Published

on

रौतहटस्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ। 

निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान जेसिबी पनि नियन्त्रणमा लिएको छ। जेसिवि सशस्त्र बेस क्याम्प समनपुरको नियन्त्रणमा रहेको छ। 

बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो बढे पछि रौतहटका सिडियो विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका एसपि नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपि सन्तोष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सम्मिलित टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगायतका विभिन्न घाटहरुमा नदीजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको हो ।

क्रसर उद्योगमा राखिएको नदी जन्य पद्धार्थको स्रोत, त्यसको स्टक सहितका भ्याट हेर्न उनले निर्देशन दिएका थिए। जिल्लाको पूर्वी भेग बागमती नदी र पश्चिममा लालबकैया नदीबाट नियमति ठेक्का नलागे पनी नदीजन्य पदार्थको अनियमित दोहन गरी उद्योगमा थुपार्ने र बढी मूल्यमा बिक्री गर्ने परिपाटी बढेको छ। 

जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका राम अयोध्याप्रसाद यादव निर्वाचित भए देखिनै जिल्लाको सम्पूर्ण नदीको दोहन बढेको गुनासो रहेको छ । उनकै मिलीमतोमा नदी दोहन गरी जिल्लामा कैयौं क्रसर उद्योग सञ्चालन रहेको कारण यहाँ प्रायः नदीहरूको अनुगमन नै नहुने गरेको जनाइएको छ ।

 स्थानिय प्रशासनको पहलमा शुक्रवार यस आर्थिक वर्षमा पहिलो पटक अनुगमन गरी झारो टार्ने काम भएको स्थानियको गुनासो रहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.