सुनसरीमा गोली हानेर एकजनाको हत्या गरिएको छ । हत्या हत्या गरिनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।
“राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए,” जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले सञ्चारकर्मीसँग भनेका छन्, “घटनास्थलमा गोलीका खोका फेला परेका छन् । हामी गोली कसले हान्यो अनुसन्धानमा छौँ ।”
साहले सिटी रिक्सामा भारतीय बजारबाट चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताए । उनका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।