Connect with us

राजनीति

प्रतिनिधि सभा बैठकमा अध्यादेशलाइ निर्णायार्थ पेश गरिने

Published

on

आजको प्रतिनिधिसभा बैठकमा सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ र ‘आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन’ पेश गर्नेछन । 

साथै, राज्य ब्यवस्था तथा सुशाषन समितिकाका सभापति रामहरी खतिवडाले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्नेछन् । 

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको बार्षिक प्रतिवेदन, २०७९÷८० पेश गर्ने’ कार्यसुचीमा उल्लेख गरिएको छ ।

उता, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध बार्षिक मुल्याङकन प्रतिवेदन’ पेश गर्नेछन् ।

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.