Connect with us

राजनीति

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

Published

on

 प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुसबीच भेटवार्ता भएको छ ।

सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।

साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीय/बहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल-बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.