Connect with us

राजनीति

दमकमा  जागरण सभा: प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Published

on

आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको छ । 
दमकको पशुहाटमा सभा आयोजना गरिएको छ ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् । 

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।   सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विहान १० बजे भद्रपुरतर्फ जानेछन् ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.