Connect with us

समसामयिक

पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।  गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९९ रन बनाएका छन् भने ३ एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । 

पोखराले यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.