Connect with us

समाज

प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा नष्ट 

Published

on

रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ।


ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले बुधवार साँझ बौधिमाई नगरपालिका २ ईनरवा स्थित विआर ३० जे १९८७ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको २०० किलो कुखरा बरामद गरेको थियो।


बरामद कुखुरा देवाही गोनाही स्थित प्रहरीको हाताभित्र खाल्डोमा पुरेर स्थानीय भद्रभलादमी सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। भारतीय कुखुरा ल्याउने मोटरसाईकल चालक फरार भएको प्रहरीले जनाएको छ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.