पाँच दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन् ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका जानकारी दिएका छन् ।
गुरूङका अनुसार राष्ट्रपति पौडेलेको प्रोटेस्टसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।