Connect with us

समाज

पियोर इनर्जीले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्दै

Published

on

 पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उब्त आइपीओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । 
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान समूहको लगानी छ । 

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । २० मेगावाटको सौर्य उर्जा क्षमताको भएको यसको परियोजना लागत २ अर्ब २ करोड ६० लाख रहेको रेटिङ एजेन्सीले जनाएको छ । 

कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ । 

सर्वसाधारणको यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.