Connect with us

अर्थ

रवी लामिछानेले बिगो वापत बुझाए २ करोड ७४ लाख रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेकाे हिस्सा बराबरको बिगो बुझाएका हुन् ।  

आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत बुझाएका हुन्  । सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरेका हुन ।

अब अदालतले के गर्छ ? त्यो भने हेर्न बाँकी रहेको छ । विस्तृत बिवरण आउँदैछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.