Connect with us

अन्तर्राष्ट्रिय

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस 

Published

on

काठमाडौँ । पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ ।

क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । 

पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् ।

बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।

इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।
    

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.