Connect with us

राजनीति

पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

Published

on

पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरको पोष्टर देखिएको छ ।

लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका सर्मथकले आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने उल्लेख छ ।

आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरु उपस्थित भएपछि अहिले राजावादीहरुको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.