Connect with us

अन्तर्राष्ट्रिय

रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिवाना

Published

on

रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ ।

एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले भनेको छ कि ‘रूसको आत्मसमर्पण’ सबन्धी युट्युबमा सामग्री होस्ट गरेको अभियोगमा रिवाना गरिएको हो । जसमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न निर्देशन दिने भिडियोहरू समावेश रहेको रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीले जनाएको छ ।

रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानूनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामाे समय देखी आरोप रहदै अाएकाे छ । गुगलले भने सो जरिवाना पछि कुनै प्रतिक्रिया दिएको छैन् ।

पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको राजनीतिक अंक प्राप्त गर्न प्रयोग गर्ने उपकरण भएको आरोप लगाएका थिए ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.