Connect with us

समसामयिक

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको प्रतिस्पर्धा माल्दिभ्ससँग

Published

on

जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

नेपालको एक अंक रहेको छ भने माल्दिभ्सअंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ । यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुदै छ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.