Connect with us

राजनीति

समाजवादी मोर्चाको बैठक सुरू

Published

on

समाजवादी मोर्चाको बैठक सुरू भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो । 

बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाएका हुन् । 

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतको उपस्थिति रहेको छ । 

हिजो बसेको चार दल आबद्द समाजवादी मोर्चाको कार्यदलले बिभिन्न कार्यक्रम गर्ने निर्क्यौल निकालेका थिए । जसलाइ आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ । 

माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.