Connect with us

समसामयिक

१७ सय वर्ष पछि पत्ता लाग्यो सान्टा क्लजको असली अनुहार

Published

on

 तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, यस्तो दृष्य नदेख्ने सायदै कमै छन् । 

प्रत्यक्ष नदेखे पनि फोटो र भिडियोमा भने अवस्य नै देखेको हुनु पर्छ । खासमा उनी हुन, शान्टा क्लजका प्रतिक, जो सयौं बर्ष अघि उनी सोही शैलीको ड्रेसमा उपहार बाडँदै हिडथे, आज उनै सान्टा क्लजले उपहार बाडने दिन पनि हो । उनकै सम्झनामा आजकाल सोही कपडामा मानिसहरुले उपहार बाँडिरहेका छन । यो उनी प्रतिको सम्मान हो । 

हालै वैज्ञानिकहरुले अत्याधुनिक प्रविधिबाट सान्ता क्लजको असली अनुहार बनाएको दाबी गरेका छन् । न्यूयोर्क पोस्टको एक रिपोर्टमा माइराको सेन्ट निकोलसको अनुहार उनको मृत्युको १७०० वर्ष पछि खोपडीको तथ्याङ्क विश्लेषण गरेर सिर्जना गरिएको बताईएको छ।

यसमा संलग्न प्रमुख अनुसन्धानकर्ता सिसेरो मोरेसले सेन्ट निकोलसको अनुहार बनाउन वैज्ञानिकहरूले सन् १९५० मा लुइगी मार्टिनोले संकलन गरेको तथ्यांक प्रयोग गरेको बताएका छन् ।

यस समयमा सेन्ट निकोलसको शरीरको अवशेष पनि अध्ययन गरिएको थियो। उनी आफ्नो मेरुदण्ड र कम्मरमा दीर्घकालीन गठियाबाट पीडित रहेको पनि खुलासा भएको छ । यो पनि रिपोर्ट गरिएको थियो कि उनको शिर एकदम ठूलो थियो।जसका कारण उनलाई हरेक दिन टाउको दुख्ने गरेको हुनुपर्छ ।

यस अनुसन्धानमा सेन्ट निकोलसको त्यही अवशेष प्रयोग गरिएको थियो जसलाई पहिले माइरामा गाडिएको थियो र पछि हड्डीहरूलाई इटाली लगिएको थियो र बारीमा गाडिएको थियो। जो उत्खनन गरेर बैज्ञानिकहरुले १७ सय बर्ष पछि उनको असली अनुहार बनाएको दावी गरेका छन् । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.