Connect with us

समसामयिक

पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु

Published

on

काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। 

बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए। 

दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए। 

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको बोहराले बताए।

दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन्। ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ।

उक्त बस स्कुलले रिजर्ब गरेर पिकनिकका लागि लगेको बुझिएको छ।

पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ

१)फिलिप लामा बर्ष १०

 २)प्रजोल थापा बर्ष १०

 ३)भिम तामाङ बर्ष ११

४) राम पररियार  बर्ष  १६

५)सुजन मगर  बर्ष १६

६) सिरिसा  सिवेदि बर्ष १२

७)प्रकाश बम बर्ष १६

८)साधन बिष्ट बर्ष १२

९)आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२)गंगा ज्वति बर्ष ४२

१३)रन्जित थापा बर्ष १३

१४)सुहाना गुभाजु बर्ष  १३

१५)श्रिसान्त पौडेल बर्ष १५

१६)कल्पना  रेज्मि बर्ष ३२

१७)बिकल्प  श्रेष्ठ बर्ष १०

१८)नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ  बर्ष १४

२०)निशान्त पौडेल बर्ष १४

२१)सौगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३)अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५,  अ.अ कार्य जारी ।

शंखरापुर अस्पतालमा उपचार्थ

१)आदित्य सुनार बर्ष १२/१३

२)धिरज साउद बर्ष १४

 ३) सन्देश गिरि बर्ष १३

४)शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा 

नेपाल मेडोकल कलेजमा  उपचार्थ ;-

१)बर्ष १३ को शक्सेस खड्का

२) बर्ष ३७ कि  गोमा थापा

३)बर्ष १० कि  सनसाइन तामाङ

 ४) बर्ष ९ को निशम राइ

 ५)बर्ष १५ को समिर तामाङ

६) बर्ष १९ को सन्यम महर्जन

७) बर्ष १४ कि रितिका खत्रि

 ८)बर्ष १२ को  जेनिस दाहल

९)बर्ष १५ को अभिषेक मोक्तान

१०)बर्ष १६ को मिनु राइ

११) बर्ष १३ को रोहन अधिकारी

१२) सुबिना तामाङ

१३)नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)

१४) रोहन अधिकारी ।

टिचिङ अस्पतालमा उपचारार्थ;-

१) नाम वतन नखुलेको अं. बर्ष १६/१७ को पुरुष मृत्यु

२ बर्ष १६ को प्रबत दाश

३) बर्ष १५ युनिसा थामि

४) शुसिला तामाङ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.