Connect with us

राजनीति

शेखर समूहले समानान्तर लोकतान्त्रिक अपाङ्ग संघ बनाउन खोजेको आरोप

Published

on

नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा समानान्तर संघ चलाउने प्रयास थालिएको छ ।

गत चैत ११ गते संघको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति आइसकेको अवस्थामा शेखर समूहले भने नयाँ समानान्तर संघ चलाउन खोजेको पाइएको हो । 

विधिसम्मत तरिकाले चुनाव भएर नव निर्वाचित कार्यसमितिल औपचारिकता पाइसकेको अवस्थामा शेखर समूहले संघलाई भाँड्ने कोसिस गरेको आरोप लागेको छ। शेखर समूहले आइतबार ३१ गते नयाँ वर्षको शुभकामना कार्यक्रम राखेकोसमेत पाइएको हो । 

यसै क्रममा निर्वाचित कार्यसमितिका महामन्त्रीद्धय गणेशबहादुर खत्री र किरणकुमार पासवानले प्रेस विज्ञप्ति जारी गरी आइतबार कुनै पनि आधिकारिक कार्यक्रम नरहेको बताएका छन् । 

शनिबार विज्ञप्ति जारी गर्दै संघले ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण भएको र संघका साथीहरूबीच भ्रम सृजना भइ कार्यक्रमका बारेमा बारम्बार सोधपुछ गरेको हुँदा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको जानकारी गर्दछौँ ।’ 

विज्ञप्तिमा यस्ता सूचनाको भ्रममा नपर्न सबैमा आग्रह गरिएको छ । यसैगरी संघले लेटर प्याड र छापकोसमेत दुरूपयोग भएको पाइएकोले यस्ता अनधिकृत कार्यहरू तत्कालै रोकी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई अझ बलियो र संगठित बनाउदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा सहकार्य गर्नका लागि सम्बन्धित पक्षसँग अनुरोधसमेत गरेको छ ।

कांग्रेसको केन्द्रले स्वीकार गरिसकेको कार्यसमितिलाई शेखर कोइराला पक्षधरले भाँड्न खोजेको उनीहरूको आरोप छ। 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.