Connect with us

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली लडाकु विमानले गल्तिले ८ बम खसाल्यो, ७ जना घाइते

Published

on

दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्।

दक्षिण कोरियाली वायुसेना केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान उत्तर कोरियाली सीमा नजिकैको पोचियोन शहरमा भएको थियो । गल्तीले खसालिएका आठ बममध्ये एउटा मात्र बम विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

पोचियानका अधिकारीहरूले बम डिस्पोजल टोलीले अन्य सात बमहरूलाई सुरक्षित रूपमा नष्ट गर्न काम गरिरहेको बताएका छन् । बम खसेको क्षेत्र वरपर बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस घटनामा दुई जनाको घाँटी र काँधमा भाँचिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.