Connect with us

समसामयिक

रौतहटमा पहिलाे पटक नागरिक अभिनन्दनसहित एसपी घिमिरेकाे बिदाई

Published

on

रौतहट प्रहरी प्रमुख  एसपी दिलीप घिमिरेलाई जिल्लावासी नागरिकद्वारा सम्मान सहित बिदाई गरिएको छ। 

उनको १३ महिने रौतहटको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ । कार्यकाल सकेर रवाना हुनु अघी एसपी दिलिप घिमिरेलाई नागरिकले अभिनन्दनसहित सम्मान गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित विदाई कार्यक्रममा स्वस्फूर्त रुपमा गाँउ गाँउबाट आएका सैयौं महिला पुरुषहरुले एसपी घिमिरेलाई अभिनन्दन सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए। आफ्नो कार्यकालमा शून्य सहनशीलताको नीति लिएर गरेको सेवाले उनी जिल्लाबासीको मन जित्न सफल भएका हुन्। 

जिल्लाको ईतिहासमा लामो समय पछि रवाना लिएर जाने समयमा एसपीलाई नागरिकबाट सम्मान गरिएको हो। पछिल्ला वर्षहरूमा जिल्ला प्रहरी प्रमुखको रूपमा आउने एसपीलाई आउने समय जिल्ला बासीले सम्मान गर्ने र जाने समयमा कर्मचारी मिलन केन्द्रमा सामान्य कार्यक्रमको आयोजना गरी बिदाई गर्ने परम्परा बनेको थियो।

तर एसपी घिमिरेको कुशल नेतृत्व र सौहार्दपूर्ण ब्यवहारले बिभिन्न पालिकाबाट गएका महिला पुरुषले उनलाई टिका, माला र खाँदा लगाएर सम्मान गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए।

बिगतमा जिल्ला प्रहरी प्रमुखहरूले सादा पोसाकमा घुमुवा राखेर आर्थिक लाभ लिनेगरेको चर्चा चलिरहेको बेला उनको कार्यकाल बिना घुमुवाको सकिएको छ। कार्यालय समय देखी बिहान बेलुका एसपी घिमिरे स्वयं फिल्डमा खटेर सर्वसाधारणको समस्या सुनेर समाधानको प्रयास गरेका थिए। कुनै कसैको समस्या भन्न नेता तथा जनप्रतिनिधि अथवा सिफारिस गर्ने कोही चाहिँदैन म स्वयं जनताको सेवक हूँ उनको धारणा रहेको थियो। त्यही नीतिको कारण जिल्लाको सबै क्षेत्रमा एसपी घिमिरे सफल हुनुका साथै उनको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ। 

उनको सुक्षम अनुसन्धानले जिल्लामा भएको जघन्य तथा आपराधिक घटनामा संलग्न आरोपीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन  सफल भएका थिए।

४१ बर्षदेखिको सांप्रदायिक विवादको टुंगो 
जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–६ खाप घिउरा टोलमा ४१ बर्ष देखिको हिन्दू मुस्लिम बिच सम्प्रदायिक विवादको अन्त गरिएको छ।

खाप घिउरामा प्रत्येक बर्ष श्रावन महिना लाग्ने महाविरी मेलाको झण्डा घुमाउन  र माघ महिनामा हुने सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु समुदायको मानिसहरु मुस्लिम टोल हुदै गाँउ परिक्रमा गर्ने क्रममा साम्प्रदायिक बिवाद हुँदै आएको थियो।

मुस्लिम समुदायका मानिसहरुले मुस्लिम बस्ती हुदै उक्त मुर्ती र झण्डा लैजान नपाउने भनि विगत बर्षौ देखि  बाटो अवरोध गर्दा हिन्दु र मुस्लिम बिच सम्प्रदायिक हिंसा  हुदै आई रहेको थियो । अघिल्लो वर्षमात्रै त्यही बिषयमा बिवाद हुँदा कैयौ दिनसम्म कर्फ्यू लगाइएको थियो भन्ने प्रदेशभरीको सुरक्षा अधिकारीहरु केन्द्रित भएका थिए।

तर  एसपी घिमिरेसहित जिल्लाका सुरक्षा अधिकारीको प्रयासले हिन्दु र मुस्लिमको मानिसहरु मेलमिलाप गराई २०८१ सालको महाविरी मेलाको झण्डा घुमाउन  र सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु  समुदायको मानिसहरु एक आपसी सद्भाव कायम गरी बाजागाजा सहित हर्षोलासका साथ मुस्लिम टोल हुदै गाँउ परिक्रमा गरी झण्डा घुमाउन र मुर्ति बिसर्जन गर्न सफल भएको थियो।

सञ्जय मिश्रा/
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.