Connect with us

मनोरञ्जन

फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध

Published

on

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यस फिल्ममा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।

फिल्म ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले पहिलोपटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । गत वर्ष फिल्म ‘एक भागवत् एक गीता’मा देखिएकी उनले ‘ए मेरो हजुर ४’मा पनि प्रमुख भूमिका निभाएकी छन् । 

‘परालको आगो’लाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।  आगामी वर्ष २०८२ को दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा सुशील देवकोटाको लेखन रहनेछ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।  

केही दिनअघि मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म’ नबिग्रने गरी फिल्म निर्माणका लागि मञ्जुरी दिएका थिए । 

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.