Connect with us

राजनीति

मधेसका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

Published

on

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् । आज मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिए ।

परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनको भनाइ छ । सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सबै दलले सहयोग गर्ने दाबी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको बताए ।

यादवले बिभिन्न दलसँग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । विगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यसपटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.