Connect with us

राजनीति

प्रतिनिधिसभाबाट निजामती विधेयक पारित हुँदै, यस्तो छ राष्ट्रियसभाको कार्यसूची

Published

on

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आइतबार (१५ असार) मा बस्दै छ । संसद् भवन नयाँ बानेश्वरस्थितमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

आफू स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । सभामुख घिमिरेले त्यही कार्यभार संसदमा पढेर सुनाउनेछन् ।

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री गुप्ताले नै ‘संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको कार्यसूची
राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । संसद सचिवालयका अनुसार बैठक मध्यह्न सवा १२ बजे बस्ने तय छ । बैठकमा विनियोजक विधेयक, २०८२ अन्तर्गत केही मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यस दिन विनियोजक शीर्षकमाथि छलफल गरिनेमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालय छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.