Connect with us

समसामयिक

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने

Published

on

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको वर्गीकरण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माले गत महिना भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिको वर्गीकरण गर्न लागेको जानकारी दिएका छन् । उनले १० जनाको विज्ञ समिति बनाएर कार्यविधि बनाउने र घाइतेको वर्गीकरण गर्ने जानकारी दिए ।

उनले घाइतेको वर्गीकरणका लागि मापदण्ड बनाउन विज्ञ टोली गठन गरिएको जानकारी दिँदै विभिन्न विधामा रहेका विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको बताए । महाशाखाका प्रमुख डा. शर्माको संयोजकत्वमा बनेको समितिमा प्रत्येक अस्पतालबाट एक एक जना विज्ञ रहने छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.