Connect with us

समसामयिक

गल्यो सरकारः इम्बोस्ड नम्बर प्लेट नराख्नेलाई तत्काल दण्ड जरिवाना नगरिने विभागको विज्ञप्ति

Published

on

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा पछिल्लो समयमा केही भ्रम देखिएको भन्दै यसको कार्यान्वयन अनिवार्य रहेको बताएको छ । भलै १ असोजबाट अनिवार्य उक्त नम्बर प्लेट नराखे दण्ड जरिवाना गर्ने व्यवस्थाबाट पछि हटेको छ । यातायात व्यवस्था विभागले आज मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको प्राविधिक, कानूनी र व्यवस्थापकीय पक्षबारे जानकारी गराएको हो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको हो । अदालतले समेत अङ्ग्रेजी भाषाको प्रयोग संवैधानिक र कानूनी रूपमै सदर गरेको विभागको भनाइ छ ।

विभागले यातायात क्षेत्रको व्यवस्थापनलाई आधुनिकीकरण गर्न र डिजिटल नेपालको अवधारणालाई साकार पार्न इम्बोस्ड नम्बर प्लेट जडान महत्त्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड(जरिबाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने र आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्याङ्क विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनी फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरू यातायात व्यवस्था विभाग परिसरमा रहेको डाटा सुरक्षा केन्द्र ९म्बतब ऋभलतभच० मा सुरक्षित रहने गरी व्यवस्था मिलाइएको छ ।’

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि ठेकेदार कम्पनीसँग २०७३ साल मंसिरमै सम्झौता गरेको र विभिन्न कारणले ढिलाइ भए पनि हाल दोस्रो पटक म्याद थप भई २०८१ साल मंसिर ११ गतेसम्मको समयसीमा रहेको र सोहीअनुसार काम अघि बढेको उल्लेख गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.