Connect with us

समसामयिक

भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता

Published

on

सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ ।

उक्त बलेरोमा सवार रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महत्तो र बलेरो चालक सर्लाही बरथह वा. न.पा. २ का २३ वर्षीय राजेशकुमार कुसहवा भोटेकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ ।

बलेरोलाई टुचन लगाई तान्ने क्रममा एकजनाको शव नदीले बगाएको जिप्रकाले जनाएको छ । भोटेकोशी नदीमा बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेले जानकारी दिनुभयो । बलेरो के कारणले भोटेकोशी नदीमा खस्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.