Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’

Published

on

पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ । 

यसअघि भारतीय क्रिकेट टोली यस अघि गत फेब्रुअरी–मार्चमा भएको च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग खेल्न पाकिस्तान गएको थिएन । भारतले आफ्ना सबै खेल तटस्थ स्थान दुबईमा खेलेको थियो ।

पाकिस्तान हक्की महासंघ (पीएचएफ) ले अर्को महिना भारतमा हुने एसिया कपका लागि आफ्नो टोली पठाउन नसक्ने अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच)लाई जानकारी दिएको छ । भारतको वर्तमान अवस्था र सुरक्षा चिन्ताका कारण यो निर्णय गरिएको पीएचएफले जनाएको छ ।

हक्की एसिया कप अगस्ट २७ देखि बिहारको राजगीर स्टेडियममा ७ सेप्टेम्बरसम्म खेलाइने यसअघि नै तय भइसकेको छ । पीएचएफका अध्यक्ष तारिक बुग्तीले भने कि उनले एफआईएच र एसियन हक्की महासंघ (एएचएफ) लाई पत्र लेखेर आफ्नो चिन्ता व्यक्त गरेका छन्। 

‘हामीले उनीहरूलाई (भारत) भनेका छौं कि वर्तमान परिस्थितिमा हाम्रो टोलीले भारतमा खेल्दा सुरक्षा जोखिम सामना गर्न सक्छ, त्यसैले आउँदैनौं’ एक बुग्तीले भने । बुग्तीका अनुसार पाकिस्तानी खेलाडीहरू पनि भारतमा हुने एसिया कपमा सहभागी हुन उत्सुक छैनन् । यो प्रतियोगिता विश्वकपका लागि छनोट पनि हो । बुग्तीले यो पनि भने कि एफआईएच र एएचएफले टूर्नामेंट र पाकिस्तानको खेलको बारेमा के गर्ने भनेर निर्णय गर्नुपर्नेछ।

पीएचएफले भन्यो– हाम्रा खेलाडीको सुरक्षाको ग्यारेन्टी के छ ? पीएचएफ प्रमुखले भारतमा आफ्नो टोलीको सुरक्षाको ग्यारेन्टी के हो भन्ने प्रश्न पनि उठाएका छन्। तर, पाकिस्तान सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हालै एक वरिष्ठ सरकारी अधिकारीले टोलीले भारत भ्रमण नगर्ने बताएका हुन् ।

उता, भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई भारतमा खेल्न अनुमति दिएको छ । भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई एसिया कप भारतमा खेल्ने अनुमति दिएको हो । मिडिया रिपोर्टका अनुसार खेलकुद मन्त्रालयले सो कुरा जनाइसकेको छ। ‘हामी कुनै पनि बहुराष्ट्रिय च्याम्पियनसिपमा भारतमा खेल्ने टोलीको विरुद्धमा छैनौं, द्विपक्षीय शृंखलाको मामला फरक छ,’ भारतीय खेलकुद मन्त्रालयको प्रतिक्रिया छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.