Connect with us

अन्तर्राष्ट्रिय

लस लसएन्जल्समा भडकिएको हिंसा तीनदिनसम्म आएन नियन्त्रणमा

Published

on

लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ ।अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् ।

सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन् ।

उता, सम्बन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथी जबरजस्ती  अश्रु ग्यास प्रयोग गराएका छन भने दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । खासमा, शहरको प्रमुख १०१ फ्री वेलाई अवरुद्ध गर्दा कानून प्रवर्तन प्रदर्शनकारीहरूलाई हटाउन अगाडी बढिरहेका छन् ।

उता, ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो कदमको बचाउ गर्दै भने कि नेशनल गार्डहरूले क्यार्लिफोनिया र लस एन्जलसमा त्यहाँ कानून र व्यवस्था छ भनेर सुनिश्चित गर्ने दावी गरेका छन् ।

तर, क्यालिफोर्नियाका गभर्नरले ट्रम्पलाई सेना परिचालन रद्द गर्न आग्रह गरेका छन् । जसलाई अन्य डेमोक्रेटिक गभर्नरहरूले शक्तिको डरलाग्दो दुरुपयोग भनेर टिप्पणी गरेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले भने लस एन्जलस काउन्टीमा गैरकानूनी सेना तैनाथ गर्न र आफ्नो आदेशमा फिर्ता गर्न ट्रम्प प्रशासनलाई औपचारिक रूपमा अनुरोध गरेका छन। सामाजिक सञ्जाल एक्सको एक पोष्टमा डेमोक्र्याटिक गभर्नर भन्छन्, ‘ट्रम्प संलग्न नभएसम्म हामीलाई कुनै समस्या थिएन तर नेशनल गार्ड खटाउने उनको कदम यो राज्यको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन हो, जहाँ उनीहरूलाई आवश्यक छ, त्यहाँबाट स्रोतहरू तानेर तनाव फैलाउने काम भएको छ ।’

रिपब्लिकन राष्ट्रपति ट्रम्प प्रशासनले न्यूजमको अनुरोधमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैनन्।

शुक्रबारदेखि सुरु भएको विरोध प्रदर्शनले निकै हिंसात्मक रुप लिइरहेको छ । सो क्रममा दर्जनौं पक्राउ परेका छन् र प्रहरी अधिकारीहरूसमेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.