सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष ०८२र०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ।
१० असारको प्रतिनिधिसभाको बैठकमा बजेट पारित गर्ने कार्यसूची छ । एमाले संसदीय दलले त्यस दिनको बैठकमा बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको हो।
एमाले मुख्य सचेतक महेश बर्तौलाले १० असार (भोलि) को बैठकमा अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरी गरेका हुन्।