मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण आज शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ भने देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभरि नै बदली हुने महाशाखाको पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।