प्रधानमन्त्री बालेन्द्र साह अध्यक्षताको संवैधानिक परिषद्ले हिजो साँझ मात्र प्रधान न्यायाधीशका लागि सिफारिस गरिएका मनोज शर्मा (विद्यावारिधि) को संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ ।
शर्माको संसदीय सुनुवाइका लागि आजै (शुक्रबार) दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको छ ।। जसका लागि सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको छ ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको हो । न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये चौथो नम्बरमा रहेका शर्मालाई नियुक्ति सिफारिस गरिएकोप्रति आलोचना भइरहेको छ । सर्वोच्च अदालतमै तीन वटा रिट दायर भएका छन् ।
