Connect with us

समसामयिक

मध्यराति रौतहटमा दुःखद घटना, स्कार्पियो दुर्घटनामा आठ जनाको मृत्यु

Published

on

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जङ्गलमा मध्यराति भएको स्कार्पियो दुर्घटनामा ८ जनाको ज्यान गएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएका ट्राफिक प्रहरीले बताएको छ ।

बाराको गढिमाइ मेला दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो मध्यराति १२.३० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना भएको हो। स्कार्पियो तीब्र गतिमा थियो । घटनास्थलमा ८ जनाको मृत्यु भएको छ भने घाइते ५ जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ की फुलबन्ती देवी चमार, ६२, लरुवदि देवी महरा, ६०, रामकुमारी देवी महरा, ६० महङ्गी देवी महरा, ५५ , रामकुमारी देवी महरा, ५०, उर्मिला देवी महरा, ३० सकुन्तला देवी महरा, ३० र स्कार्पियो चालक शिव कुमार यादव, ४० छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.