Connect with us

समसामयिक

राष्ट्रपति पौडेलद्धारा पूर्वनिर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शर्माको शनिबार राती ह्दयघातका कारण निधन भएको थियो । 

राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यामबाट नेपाली समाजलाई पुर्याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रुपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गर्नुभएको राष्ट्रपतिको सचिवलयले जनाएको छ ।

पत्रकारितको पृष्ठभूमीकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन । साथै, राष्ट्रपति पौडेलले श्रद्धान्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.