Connect with us

अन्तर्राष्ट्रिय

अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहु निकट दुई पक्राउ

Published

on

इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र कतारबीच अवैध सम्बन्ध रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन तर नेतान्याहुसँग उनीहरुको निकटता रहेको संकेत दिएको छ ।

प्रधानमन्त्रीका प्रवक्ताले भने यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । उल्लेखनीय छ कि कतारले इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ तर दुई देशबीच अझै पनि कूटनीतिक सम्बन्ध भने कायम भइसकेको छैन।

उता, इजरायलको आन्तरिक सुरक्षा र गुप्तचर एजेन्सी शिन बेटले नेतन्याहुको कतारसँगको सम्बन्धको अनुसन्धान गरेको खुलासा गरेको हो । यो कुरा थाहा पाउने बित्तिकै नेतान्याहुले विश्वासको भंग भएको कारण देखाउँदै शिन बेटको प्रमुख पदबाट रोनेन बारलाई हटाएका थिए।

इजरायलमा रोनेनको समर्थनमा प्रदर्शन जारी छ र सोमबार नेतान्याहुले उनको स्थानमा पूर्व नौसेना प्रमुख एली शेरविटलाई शिन बेटको प्रमुखको रूपमा नियुक्त गरेका छन्। आलोचकहरू भन्छन् कि नेतान्याहुले कतारसँगको आफ्नो कार्यालयको सम्बन्धको अनुसन्धान रोक्न चाहन्छन्, त्यसैले उनले रोनेन बारलाई हटाएका हुन । 

जहाँ नेतान्याहुका समर्थकहरूले यी अड्कलबाजीलाई बेकारको संज्ञा दिँदै यो प्रधानमन्त्री विरुद्धको प्रचारको नयाँ घटना भएको बताएका छन् । प्रधानमन्त्रीले कुनै गल्ती गरेका छैनन् । 

यसैबीच नेतान्याहु आफूविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित भएनन् । नेतान्याहु माथि गैरकानूनी रूपमा उपहार लिने र सुविधाको फाइदा उठाएको आरोप लगाइएको छ, जसलाई प्रधानमन्त्रीले सधैँ अस्वीकार गर्दै आएका छन् 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.