Connect with us

समसामयिक

नेपाल एअरलाइन्सका दुई क्याप्टेनलाई विमान उडाउन रोक

Published

on

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमका दुई कयाप्टेनलाई जिम्मेवारबाट निलम्बन गरेको छ । प्राधिकरणले क्याप्टेन विजय लामा र सोनी राणालाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको हो । उनीहरूले जहाजभित्र फोटो तथा भिडियो खिचेर हवाइ सुरक्षासम्बन्धी उडान नियम विपरित कार्य गरेको क्यानको निष्कर्ष छ । दुवैलाई स्पष्टीकरण सोधिएको क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार अब निमगले उनीहरूमाथि छानविन तथा अनुसन्धान गरेर क्यानलाई प्रतिवेदन बुझाउनेछ । उक्त प्रतिवेदनको आधारमा क्यानले निलम्बन फुकुवा गरेर ड्युटीमा खटाउने वा जिम्मेवारबाट मुक्त गर्ने भन्नेबारे निर्णय गर्नेछ । क्यानले निर्णय नगर्दासम्म अब लामा र राणाले जहाज उडान पाउने छैनन् ।

क्याप्टेन लामा यसरी निलम्बनमा परेको पहिलोपल्ट होइन । यसअघि ०८१ जेठ र ०७६ बैशाखमा पनि क्यानले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ दिएपछि निलम्बन फुकुवा भएको थियो । वरिष्ठ क्याप्टेन लामाको यो चौथो निलम्बन हो ।

कलाकारसमेत रहेका लामाले भ्लग बनाउँदै आएका छन् । भ्लगमा उनले जहाजभित्रका गतिविधि पनि सार्वजनिक गरेको देखिन्छ । पछिल्लो समय सुशीला कार्की नेतृत्वको सरकारमा पर्यटनमन्त्री बन्न पनि उनले दौडधुप गरेको चर्चा छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.