Connect with us

समसामयिक

एनपिएलः पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ।

लुम्बिनीसँग हार बेहोरे पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जित निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ। लुम्बिनीले पोखराले दिएको १५१ रनको लक्ष्य १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए । उनी प्लेयर अफ दि म्याच बने । लुम्बिनीका लागि निरोशन दिकवेल्लाले महत्त्वपूर्ण ३७ रन बनाउनुभयो । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।

पोखरा एभेन्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुईरदुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रूपमा र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।

त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रूपमा जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्त्वपूर्ण साझेदारी गर्‍यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे ।

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई र दुई विकेट हात पार्दा गुलबदिन नाइबले एक विकेट लिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.