नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ। बैठक भोलि दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।
उनका अनुसार सचिवालय बैठकको खास उद्देश्य विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन हो । एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ।
अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गर्न लागेका छन्।