Connect with us

राजनीति

घनश्याम भूसालको अभियानसँग एकता गर्दै नेकपा संयुक्त

Published

on

घनश्याम भूसालले नेतृत्व गरेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा पुरानो वाम घटक नेकपा संयुक्त समावेश हुने भएको छ । उक्त पार्टीको नेतृत्व वयोवृद्ध नेता चन्द्रदेव जोशीले गर्दै आएका छन् । यो पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन थियो । केही साता अघि मात्र अदालतले जोशीलाई वैधानिकता दिएको थियो ।

माओवादी केन्द्रसहितका घटकसँग एकता गर्ने माधवकुमार नेपालको समूहबाट अलग भएको तत्कालीन नेकपा एकीकृत समाजवादीका महासचिव भूसालले पुनर्गठन अभियानमा संयोजकको जिम्मेवारी पाएका छन् । विभिन्न वाम घटकबीच एकता र रूपान्तरणका निम्ति चलाएको वार्तामा जोशी नेतृत्वको पार्टीसँग एकताको टुंगो लागेको अभियानसम्बद्ध नेता अमृतसागर बस्नेतले बताएका छन् ।

एकताको औपचारिक घोषणा भोलि बिहीबार दिउँसो १२ बजे एक पत्रकार सम्मेलनबाट गरिने भएको छ । भूसालको नेतृत्वमा अन्य वाम(प्रगतिशील समूहसँग पनि घनीभूत छलफल चलिरहेको बस्नेतले बताएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.