पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा र रास्वपाका पूर्व प्रमेख सचेतक सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज हुने भएको छ । अहिले बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने भेलाको अध्यक्षताता परियारले गर्ने सो समूहका एक नेताले जानकारी दिएका छन् ।
“हामी सामूहिक नेतृत्वमा अघि बढ्दैछौँ,” उनी भन्छन्, ”पार्टीको नेतृत्वमा बाबुराम भट्टराई, जनार्दन शर्मालगायत रहने भए पनि नेतृत्व भने युवालाई नै सुम्पिने तयारी छ ।”