प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निकट दुर्गा सोब नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा निकट प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीक पूर्वप्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष परियारबीच एकताको सहमतिपछि दल दर्ताका लागि आयोग पुगेको हो ।
स्रोतका अनुसार, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई अद्यावधिक गर्ने गरी सहमति भएको छ । सहमतिपछि दर्ताका लागि आयोगमा निवेदन पुगेको हो ।