Connect with us

अन्तर्राष्ट्रिय

पाँच सय हाेइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की

Published

on

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर सहायता प्रदान गरेको भनेर भ्रम फैलाएको गुनासो गरेका छन् । युक्रेनको राजधानी किभमा हालै आयोजित पत्रकार सम्मेलनमा उनले रुससँगको युद्धमा भएको खर्च र बाहिरी सहयोगबारे विस्तृतमा जानकारी गराएका छन् ।

‘युक्रेनको युद्धकालीन सैन्य लागत ३२० अर्ब डलर पुगेको छ, जसमध्ये अमेरिका र ईयूले २०० अर्ब डलर रक्षा सहयोगमा प्रदान गरेका छन्,’ १९ फेब्रुअरीमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘अमेरिकाले युक्रेनलाई ५०० अर्ब डलर होइन, १०० अर्ब डलर सहायता प्रदान गरेको हो । युक्रेनका जनताले १२० अर्ब डलर, अमेरिका र ईयूले २०० अर्ब डलर (कभर) गरेका छौं। हामी हतियारको बारेमा कुरा गरिरहेका छौं, यो ३२० अर्ब डलरको हतियार प्याकेज हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किभले वाशिंगटनको समर्थनको बदलामा युक्रेनको प्राकृतिक स्रोतसाधनमा ५०० अर्ब डलरको सम्झौतामा सहमति जनाएको दाबी गरेपछि जेलेन्स्कीले यसबारे स्पष्ट पारेका हुन् ।  ट्रम्पले २०२२ देखि युक्रेनलाई अमेरिकाले प्रदान गरेको सहयोगको मूल्यको बारेमा बारम्बार अप्रमाणित र विरोधाभासी दाबीहरू गरेको उनले बताएका छन् ।

‘कुल मिलाएर, अमेरिकाले हामीलाई छुट्टै रूपमा लगभग ६७ अर्ब डलर हतियार दियो, र हामीले ३१.५ अर्ब डलर बजेट सहयोग प्राप्त गर्यौं,’ जेलेन्स्कीले भने,‘प्रदान गरिएको सहयोगको लागि युक्रेन आभारी छ। तर कसैले ५०० अर्ब डलरसम्म गणना गर्न सक्दैन र भन्न सक्दैन, हामीलाई ५०० अर्ब डलर खनिज फिर्ता दिनुहोस्, त्यो गम्भीर छलफल होइन।’
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.