Connect with us

अन्तर्राष्ट्रिय

गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाको इजरायललाई चेतावनी

Published

on

अमेरिकाले गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायललाई चेतावनी दिएको छ । पत्रमार्फत अमेरिकाले ३० दिनको समय दिएर इजरायललाई यस्तो चेतावनी दिएको हो ।

अमेरिकाले गाजामा मानवीय सहायता नबढाएमा सैन्य सहयोग रोक्ने चेतावनी दिएको छ । अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको मिडिया रिपोर्टमा उल्लेख छ । यो अमेरिकाको इजरायललाई अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।

हालै इजरायलले गाजाको उत्तरी भागमा ठूलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठूलो संख्यामा मानिसहरु घाइते भएको बताइएको छ । त्यसपछि अमेरिकाले यो कदम चालेको हो ।

अमेरिकाले लेखेको पत्रमा गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकाको पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ ।

यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.