Connect with us

राजनीति

निर्वाचनमा १० हजार ९६७ स्थानमा मतदान हुने

Published

on

निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको उनले जानकारी दिए ।

विगतमा १० हजार ८९२ मतदानस्थल थियो । ७५ मतदानस्थल थप हुँदा देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.