Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्प पुटिन वार्तावाट झस्किएका जेलेन्स्की जर्मन पुगे

Published

on

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार जर्मन राजधानी बर्लिन पुगेका छन्, जहाँ उनले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग प्रत्यक्ष वार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जर्मन पुगेका हुन्, उनी सिंगो युरोपको समर्थन खोजिरहेका छन ताकी एक इन्च भुमी पनि रूसलाई दिनु नपरोस् भनेर उनले पहल लिने क्रममा उनी जर्मन पुगेको बताइएको छ।  सो क्रममा, अन्य युरोपेली र अमेरिकी नेताहरूसँग डिजिटल बैठकहरूमा भाग लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने महत्वपूर्ण शिखर बैठकको पूर्वसन्ध्यामा यी कूटनीतिक गतिविधिहरु आयोजना गरिएको हो । ट्रम्पले युक्रेनले केही भुमी रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्नु पर्ने अभिब्यक्ति पछि झस्किएका जेलेन्स्की एका एक युरोप यात्रामा निस्केका हुन् ।  

जर्मन चान्सलर मेर्जले यस हप्ताको अन्त्यमा अलास्कामा ट्रम्प–पुटिन वार्ता हुनु अघि युरोप र युक्रेनको आवाजलाई एकताबद्ध गर्ने प्रयासमा शृंखलाबद्ध बैठकहरूको लागि आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ता स्टेफान मेयरले वार्ताको उद्देश्य युरोपेली देशहरूको अडानलाई स्पष्ट र बलियो ढंगले अगाडि बढाउनु रहेको बताएका छन । 

जेलेन्स्कीले पहिले युरोपेली नेताहरूसँग छलफल गर्नेछन्, जसको करिब एक घण्टापछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग डिजिटल भेट हुने जनाइएको छ । युक्रेनी राष्ट्रपतिले अलास्का बैठक अघि आफ्नो सरकारले साझेदार देशहरूसँग ३० भन्दा बढी चरणको वार्ता गरेको बताए। यद्यपि, उनले पुटिन वास्तवमा युद्ध अन्त्य गर्न गम्भीर रहेकोमा शंका व्यक्त गरेका छन्  ।

‘यस क्षणसम्ममा त्यहाँ कुनै संकेत छैन कि रूस युद्ध समाप्त गर्न तयार छ। हामीले हाम्रा सहयोगीहरूसँग मिलेर रुसलाई शान्तिको लागि बाध्य पार्न काम गर्नुपर्छ,’ जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् । 

सोही शैलीमा ट्रम्पले पनि पुटिनले वास्तवमै शान्ति वार्तालाई गम्भीरतापूर्वक अगाडि बढाउन चाहन्छन् कि भनेर हेर्न चाहेको बताएका छन्। सो कुरा बार्ता सुरू भएको २ मिनेटमा थाहा हुने पनि उनले जनाएका छन् । यद्यपि, युक्रेनले युद्ध अन्त्य गर्न रुसको नियन्त्रणमा रहेका केही क्षेत्रहरू त्याग्नु पर्ने हुन सक्ने भनेर ट्रम्पले बताए पछि युरोपेली नेताहरूलाई पनि आक्रोशित बनाएको छ । 

युरोपेली देशहरूले भने पुटिनसँग हुने कुनै पनि सम्झौतामा युक्रेनको प्रत्यक्ष सहभागितामा जोड दिइरहेका छन्। यदि युक्रेन र युरोपको सहभागिता बिना वार्ता भयो भने पुटिनले एकतर्फी रियायतहरू दिन सक्छन्, जसले शान्ति सम्झौतालाई रूसको पक्षमा झुकाउनेछ भन्ने डर छ।

जेलेन्स्कीले यो पनि स्पष्ट गरेका छन कि युक्रेनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र दिने छैनन् किनकि यो असंवैधानिक मात्र होइन भविष्यमा रुसी आक्रमणको लागि बाटो पनि खोल्नेछ। उनले अमेरिका र युरोपलाई सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छनर वार्तामा युरोपको सहभागितालाई कुनै पनि शान्ति योजनाको मुख्य भाग बनाउनु पर्छ भनेर जोड गरिरहेका छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.