Connect with us

समसामयिक

एनपिएलको दोस्रो संस्करणमा थपिए १४ खेलाडी

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका निम्ति सुरु भएका अक्सनमा १४ जना थपिएका छन्।

अक्सनमा तीन क्याटागोरी छन्। जसअनुसार क्याटागोरी ‘ए’ मा ९जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो। तर, पछि १४ खेलाडी थपिएका हुन्।

अक्सन आज शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको छ। आज प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन्।

प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ ९क्यान० ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ। तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.