Connect with us

अन्तर्राष्ट्रिय

तालिवानको आक्रमणमा परी १६ पाकिस्तानी सैनिकले गुमाए ज्यान

Published

on

पाकिस्तानमा एक आतंकवादी हमलामा १६ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार आतङ्ककारीहरूको आक्रमणमा परी १६ पाकिस्तानी सैनिक मारिएका हुन् ।

सो हमलामा परी थप ५ सैनिक गम्भिर घाइते भएका छन् । घटना अफगानिस्तान सीमाबाट ४० किलोमिटर टाढा माकिनमा भएको हो ।

पाकिस्तानी सेनाका एक अधिकारीका अनुसार ३० भन्दा बढी आतंककारीले सेनाको चौकीमा करिब २ घण्टा हमला गरेका थिए । सो क्रममा आतंककारीहरूले पोस्टमा रहेको ताररहित उपकरण र कागजातहरू सहित धेरै चीजहरूमा आगो लगाएका थिए भने यसपछि सबैजना घटनास्थलबाट भागेका थिए ।

आक्रमणपछि उक्त क्षेत्रको घेराबन्दी सुरु गरिएको छ । घटनास्थल नजिकै आतंकवादीहरुको खोजी भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तान अर्थात टीटीपीले लिएको छ ।

आतंकवादीहरूले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमाण्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेका छन् । समाचार अनुसार आक्रमणको क्रममा आतंककारीहरूले मेसिन गन, नाइट भिजन टेक्नोलोजीलगायत धेरै महत्त्वपूर्ण सैन्य उपकरणहरू लुटेर लगेका छन्।

गत डिसेम्बर १८ मा पाकिस्तानी सेनाले पाकिस्तानको खैबर पख्तुनख्वामा तीन अलग अलग अपरेशनहरू गरेको थियो, जसमा उसले ११ आतंकवादी मारेको दाबी गरेको थियो। भनिन्छ, त्यसकै बदलामा पाकिस्तानी तालिवान समुहले सो आक्रमण गरेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.