Connect with us

अन्तर्राष्ट्रिय

२२ वर्षका युवासँगको शारीरिक सम्बन्धले मन्त्रीले दिनु परयो राजीनामा

Published

on

आइसल्याण्डकी मन्त्री अस्थिल्डुर लोआ थोर्सडोटिरले पदबाट राजीनामा दिनु परेको छ । उनले राजीनामा दिनु पर्नाको कारण हो, २२ वर्षको उमेरमा एक जना केटासँग राखेको अवैध शारीरिक सम्बन्ध । २२ वर्षमा राखेको सम्बन्धका कारण ती मन्त्री २३ वर्षको उमेरमा गर्भवती भएर गोप्य बच्चालाई जन्म दिएकी थिइन ।

त्यसको ३६ वर्षपछि २२ वर्षको उमेरमा आफूभन्दा कान्छो केटासँग सम्बन्ध राखेको आरोपमा मन्त्री अस्टिल्डर लोआ थोर्सडोटिरले राजीनामा दिनु परेको हो । अहिले मन्त्री न्त्री थोरासदोत्तिर ५८ वर्षकी भइन ।

मिडिया रिपोर्टका अनुसार मन्त्रीसँग सम्बन्ध राख्ने केटाको नाम एरिकुर अस्मुन्डसन हो। एरिकुर अस्मुन्डसनले आरोप लगाए कि उनले आफ्नो छोरालाई भेट्ने प्रयास गरेका थिए । तर थोर्सडोटिरले उनलाई भेट्न दिइनन्। छोराको जन्म हुँदा उनी पनि अस्पतालमै थिए । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन ।

मन्त्री थोर्सडोटिरले एरिकुर आस्मन्डसनको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेकी छन् । उनले आफू पहिलेको जस्तो नरहेको र अहिले कुरालाई फरक ढंगले लिन्छु भन्दै आफ्नो बचाउ गरेकी छिन् । ”यो अहिलेको समय भएको भए, सायद परिस्थितिलाई फरक तरिकाले ह्यान्डल गर्ने थिए । तर धेरै समय बितिसकेको छ”, उनको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.