Connect with us

राजनीति

नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि

Published

on

नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।

स्रोतका अनुसार डा। सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

“२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.