Connect with us

राजनीति

मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही सिफारिस

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । आज बिहीबार अपरान्ह बसेको राप्रपाको अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्रलिङ्देन समक्ष सिफारिस गरेको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, यसअघि नै पार्टीले बिच्छालाई विवादित सरकारमा पार्टीसँग छलफल नै नगरी सहभागी भएको विषयमा स्पष्टीकरण सोधेको थियो । तर, २४ घण्टा बितिसक्दा पनि जवाफ नआएछि कारबाही सिफारिस गरिएको हो ।

विवादितरूपले गठन भएको एमालेका सरोज यादव नेतृत्वको सरकारमा बिच्छा सल्लाहबिनै मन्त्री बनेपछि लिङ्देनले कात्तिक २४ गते सामाजिक सञ्जालबाट उनलाई फिर्ता हुन भनेका थिए ।

तर, बिच्छाले फिर्ता हुन नमानेपछि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही प्रक्रिया सुरु गरिएको स्रोत बताउँछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.