Connect with us

राजनीति

राप्रपाका नेताहरू धवलशमशेर, रविन्द्र मिश्र लगायत पक्राउ 

Published

on

शुक्रबार काठमाडौंमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उस्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

आन्दोलनलाई हिंसात्मक बनाउने भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले बताए। त्यस्तै, अधिवक्ता स्वागत नेपाललाई पनि प्रहरीले पुतलीसडकबाट पक्राउ गरेको छ । नेता नवराज सुवेदी बृद्ध भएका कारण पक्राउ नगरिएको र निगरानीमा राखिएको एक उच्च प्रहरी अधिकारीले बताए। 
हिंसात्मक आन्दोनलका कमाण्डर दुर्गा प्रसाई भने फरार भएका छन्।  
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.